images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः...

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षा मन्त्री

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षा मन्त्री

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छिन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताइन्।

    images
    images

    उनले भनिन्, “आँखा शरीरको महत्वपूर्ण तथा संवेदनशील अङ्ग हो। आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ। विश्वविद्यालय निर्माण गर्न आवश्यक छ। यो विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्छ।”

    बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरुलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे।

    images
    images

    संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह (गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन्। उनले भनिन्, “दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो। यो स्वागतयोग्य निर्णय हो। तिलगङ्गाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो।”समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगङ्गाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend