images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विराटनगरका...

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विराटनगरका बासिन्दालाई उपचारमा विशेष छुट

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विराटनगरका बासिन्दालाई उपचारमा विशेष छुट

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । विराटनगर महानगरपालिका वडा नं ४ का बासिन्दाहरूलाई नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारका लागि नोबेल आउँदा विशेष छुट उपलब्ध गराउने भएको छ ।

    images
    images

    गत मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जितन थापा तथा नोबेलका अस्पताल निर्देशक प्राडा राजेश नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको शुभारम्भ भएको हो ।नोबेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय बासिन्दाहरूलाई उपचारमा विशेष छुट दिन लागिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा आयोजित कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक डा नेपालले बताए ।

    उनका अनुसार वडा कार्यालयको सिफारिसमा विपन्न विरामीहरूलाई छुट दिने गर्ने गरिएको थियो तर अब स्थानीय बासिन्दाहरूलाई औपचारिक रूपमा नै घोषणा गरी यो सहुलियतलाई थप सरल बनाइएको छ । कार्यक्रममा वडा अध्यक्ष थापाले सबै प्रकारको उपचार सेवा प्राप्त हुने र उपचारको लागि अन्यत्र गइरहन नपर्ने तथा आफ्नै घर आँगनमा रहेको शिक्षण अस्पतालले थप सहुलियत पनि प्रदान गर्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आर्थिक रूपमा समेत राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    images
    images

    सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्तसम्म कायम रहने र सो अवधिभरमा अस्पताल सेवामा वडा नं ४ का बिरामीहरूलाई २५ प्रतिशत, अपरेसन शुल्क र औषधिमा १० प्रतिशत उपलब्ध हुने छ ।सामाजिक सुरक्षा कोषअन्तर्गत रहेका बिरामीहरूलाई भने नियमानुसार भुक्तानी गर्नुपर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । कार्यक्रमको प्रभावकारिता हेरी आपसी सहमतिमा सम्झौता नवीकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनका लागि बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ ।

    संघीय सांसद डा. सुनिलकुमार शर्मा नेतृत्वको नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, अति विपन्न विरामीहरूलाई निःशुल्क उपचार गराउने, विभिन्न क्षेत्रमा बिरामीहरूलाई सहुलियतमा उपचार सेवा पर्‍याउने लगायतका कार्यहरू गर्दै आएको छ ।विभिन्न स्थानका आर्थिक रूपमा विपन्न परिवारका सदस्यहरूले डा शर्माकै पहलमा चिकित्सा, दन्त चिकित्सा, नर्सिङ्ग, पारामेडिकल जस्ता विषयमा छात्रवृत्तिमा अध्ययन गरेका छन् । सयौँ त्यस्ता विद्यार्थीहरू आफ्नो अध्ययन समाप्त गरी दक्ष जनशक्तिका रूपमा विभिन्न स्थानहरूमा कार्यरत छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend