images

२०८३ आश्विन २१ गते

images
images
images
  • बैंक वित्त
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि बस्दै

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि बस्दै

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते बस्दैछ ।

    images
    images

    सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पेस गरिनेछ।

    बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

    images
    images

    सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend