images

२०८३ आश्विन २० गते

images
images
images

साढे १८ अर्बको ट्रेजरी बिल नवीकरण हुदै, आजै बोलकबोल

साढे १८ अर्बको ट्रेजरी बिल नवीकरण हुदै, आजै बोलकबोल

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सोमबार मंसिर २४ गते साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । 

    images
    images

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल फागुन २७ गते परिपक्व हुनेछ ।

    त्यस्तै, १८२ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ जेठ २७ गते परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ मंसिर २३ गते परिपक्व हुनेछ ।

    images
    images

    बोलकबोलमा दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend