images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • सानिमा मिडिल तमोरले अघि सार्‍यो मर्जर...

सानिमा मिडिल तमोरले अघि सार्‍यो मर्जर प्रस्ताव, पुस २३ गते साधारण सभा

सानिमा मिडिल तमोरले अघि सार्‍यो मर्जर प्रस्ताव, पुस २३ गते साधारण सभा

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पुस २३ गते नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक समूहका शेयरधनीहरुबाट एक जना महिलासहित चार जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरिएको छ । समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावलाई समेत अघि सारेको कम्पनीले त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

    वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend