images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • कृषि बिमा गर्नुअघि दुर्घटना बिमा अनिवार्य,...

कृषि बिमा गर्नुअघि दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने

कृषि बिमा गर्नुअघि दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । नेपाल बिमा प्राधिकरणले कृषि क्षेत्र अन्तर्गतका चार वटा बिमालेख जारी गरेको छ । प्राधिकरणले केही स्वीकृत गरेको उक्त बिमालेख आइतबार सार्वजनिक गरेको हो । यसरी जारी भएका नयाँ बिमालेखहरुमा उखु बिमालेख, मौरी बिमालेख, कफी खेती बिमालेख रहेका छन् । 

    images
    images

    प्राधिकरणले जारी गरेको उक्त बिमालेखलाई बिमा कम्पनीहरूले हु–बहु रूपमा लागु गर्नुपर्ने प्राधिकरणका निर्देशक पूजन ढुङ्गेलले जानकारी दिइन् । कृषि बिमा अन्तर्गतका यी बिमालेखले सम्बन्धित बाली प्रोत्साहनका लागि सहयोग गर्ने निर्देशक ढुंगेलको भनाइ छ । 

    उखु खेती बिमालेखमा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश छन् ।

    images
    images

    चारवटै प्रकारको बिमामा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश छन् । 

    बिमालेखमा बिमकले कम्तीमा २ लाखसम्मको दुर्घटना बिमा अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तो दुर्घटना बिमाका लागि २०० रुपैयाँ बिमाशुल्क निर्धारण गरिएको छ । कृषि बिमासँगै जोडिएर आए पनि यो शुल्कमा भने अनुदान नपाइने बिमा प्राधिकरणले प्रस्ट पारेको छ । एउटै व्यक्तिले एकभन्दा धेरै कृषि बिमा गरेको अवस्थामा फरक फरक दुर्घटना बिमा आवश्यक नभएको प्राधिकरणले प्रस्ट पारेको छ । 

    उल्लेखित बिमालेख अन्तर्गत हुने अन्य अप्रत्यक्ष क्षति, अधिकारप्राप्त निकायको आदेशमा नष्ट गरिएको अवस्था, विकिरणयुक्त पदार्थका कारणले भएको क्षति, आणविक हतियारबाट भएको क्षति लगायतमा भने बिमाको दायित्व बहन नगर्ने प्राधिकरणले प्रस्ट पारेको छ । उता, दुर्घटना बिमा अन्तर्गत त्यस्तो व्यक्तिको आत्महत्या, स्पाइनल इञ्जुरी, एक वा दुवै हातको नाडी वा खुट्टाको गोली गाँठोभन्दा माथिको पुरै खुट्टा काम नलाग्ने भएमा यस्तो बिमा रकम प्राप्त गर्न सकिने जनाइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend