images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • ४५.९३ अंकले घट्यो नेप्से परिसूचक,...

४५.९३ अंकले घट्यो नेप्से परिसूचक, ७ अर्ब ४६ करोडको कारोबार

४५.९३ अंकले घट्यो नेप्से परिसूचक, ७ अर्ब ४६ करोडको कारोबार

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । यसदिन नेप्से ४५.९३ अंकले घटेर दुई हजार ६८९ बिन्दुमा झरेको छ ।

    images
    images

    गत साता अन्तिम कारोबार दिन बिहीबार १५.९३ अंकले घटेर शेयर बजार दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको थियो ।

    तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्तको शेयर ९.९७ प्रतिशतले घटेको छ ।

    images
    images

    यसदिन १३ वटै उपसमूहको शेयर घटेको छ भने कारोबारमा आएका २४४ कम्पनीमध्ये २१४ कम्पनीको शेयर घटेको छ भने २७ कम्पनीले मात्रै नाफा कमाएका छन् । बाँकी तीन कम्पनीको शेयर भने स्थिर छ ।

    आज कारोबार रकम पनि घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदिबिक्री भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend