images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २...

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौँ । सङ्घीय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    images
    images

    नोबेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशत अर्थात् ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यथा यो नोबेलको प्रथम वार्षिक साधारण सभा हो ।

    कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्नुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

    images
    images

    यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी/अस्पताल/शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग लगायतका) विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend