images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले विशाल बजारसँग माग्यो कारोबार...

धितोपत्र बोर्डले विशाल बजारसँग माग्यो कारोबार विवरण

धितोपत्र बोर्डले विशाल बजारसँग माग्यो कारोबार विवरण

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । सेयर मूल्य उच्चले बढिरहेको विशाल बजार कम्पनीसँग धितोपत्र बोर्डले कारोबारको विवरण मागेको छ। 

    images
    images

    ‘पछिल्ला दिनमा कम्पनीको कारोबार बढिरहेकोले के कसो भएको हो भनेर कारोबारको विवरण मागेका हौं,’ धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने।केही दिनयता कम्पनीको सेयर मूल्य उच्चले बढेको छ। मंसिर ९ गते प्रतिकित्ता चार हजार एक सय २७ मा कारोबार भइरहेको कम्पनीको सेयर मंसिर १९ गते ६ हजार ८ सय ७४ रूपैयाँसम्म कारोबार भएको थियो।

    अघिल्लो साता कम्पनीको तीन करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको थियो। विशाल बजारले ओगटेको जग्गालाई नै सरकारको स्वामित्वको रूपमा सेयरमा परिवर्तन गरेको थियो।

    images
    images

    त्यसयता सेयर मूल्य उच्चले बढ्दै गएको छ। तर, कम्पनीको अवस्था देखाउँने वित्तीय विवरण नै प्रकाशित छैनन्। अन्तिम पटक २०७७-७८ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्मको वित्तीय विवरण प्रकाशित भएको थियो। जस अनुसार कम्पनीको नाफा ६ करोड २५ लाख रूपैयाँ थियो। विशाल बजारका केही सटरहरू पनि खालि नै छ।

    व्यवासाय खस्किएको आशंका छ। तर, कम्पनीले सर्वसाधारणको जानकारीको लागि वित्तीय विवरण सार्वजनिक गरेको छैन।अर्थमन्त्रालयले हरेक वर्ष प्रकाशित गर्ने सार्वजनिक संस्थानहरूको विवरण (पहेलो किताब) उल्लेख भए अनुसार कम्पनीका आर्थिक वर्ष २०७५-७६ को वित्तीय विवरण लेखा परीक्षण भएको छ। त्यसयताको विवरण सरकारले पनि प्राप्त गरेको छैन।

    सूचीकृत कम्पनीहरूले नेप्से र धितोपत्र बोर्डमा यस्तो विवरण बुझाउन पर्ने भएपनि दुवै निकायमा यस्तो विवरण पठाएको देखिँदैन।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend