images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • १५.९३ अंकले घट्यो शेयर बजार,...

१५.९३ अंकले घट्यो शेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार

१५.९३ अंकले घट्यो शेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको छ ।

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

    बिहीबार कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले घाटा बेहोरेका छन् भने ४० कम्पनीले नाफा कमाउँदा ३ को स्थिर रहेको छ ।

    images
    images

    खानीखोला हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । ती कम्पनीको शेयर क्रमश: ९.९८, ९.८५ र ९.८१ प्रतिशतले बढेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ८.३ प्रतिशत गुमाएका छन् । 

    आज कारोबार रकम पनि घटेको छ ।  हिजो ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएकोमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend