images

२०८३ आश्विन १६ गते

images
images
images

झापामा धानको समर्थन मूल्य निर्धारण

झापामा धानको समर्थन मूल्य निर्धारण

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • झापा– झापाको विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

    images
    images

    कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।

    कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार पँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको छ ।यसैबीच, झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    images
    images

    यस वर्ष ७५ हजार चार सय ५९ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको छ ।

    जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ ।

    यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend