images

२०८३ आश्विन २२ गते

images
images
images

जाडोमा रुघाखोकी लागिरहन्छ ? यस्तो छ उपचार विधि

जाडोमा रुघाखोकी लागिरहन्छ ? यस्तो छ उपचार विधि

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  •  काठमाडौं ।जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।

    images
    images

    रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । रुघाखोकी निको पार्न केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जुन हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।

    बेसार पानी पिउने

    images
    images

    बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कुर्कुमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।

    प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने

    रुघाखोकीले सताएको बेला प्रशस्त मात्रामा मनतातो पानी, झोलिलो पदार्थ तथा प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुराले रोगप्रतिरोधात्मक क्षमता बढाएर रुघाखोकीलाई कम गर्न सहयोग गर्छ ।

    मह र मनतातो पानी

    रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुनसक्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ । महलाई मनतातो पानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

    अदुवा

    अदुवाले सुक्खा खोकी वा दमको खोकीलाई कम गर्न सक्छ, किनकि यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ ।  यसले दुखाइबाट पनि राहत प्रदान गर्न सक्छ । अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणले घाँटीलाई शान्त पार्न सक्छ, जसले गर्दा खोकी कम हुन्छ । तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ ।

    अमृत भण्डारी आयुर्वेदिक चिकित्सक

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend