images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • आइएमई पे प्रयोगकर्तालाई मौलाकाली र लुम्बिनी...

आइएमई पे प्रयोगकर्तालाई मौलाकाली र लुम्बिनी केबुल कारमा विशेष छुट

आइएमई पे प्रयोगकर्तालाई मौलाकाली र लुम्बिनी केबुल कारमा विशेष छुट

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबुल कारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुल कारको टिकेटमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

    images
    images

    आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकारमा छुट प्राप्त गर्न सक्ने बताइएको छ । रकम प्राप्त गरेको तीन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।

    मौलाकाली केबुल कारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनहरूलाई मौलाकाली, कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गरून् भन्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताए ।

    images
    images

    परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलको विश्वास छ । नवलपुरको गैंडाकोट स्थित मौलाकाली केबुलकार र रूपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबुल कारले मन्दिर दर्शन र अन्य घुमफिर गर्ने सहज व्यवस्था मिलाउँदै आएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend