images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • कुपण्डोल स्थित प्रसूति गृहको नयाँ भवनबाट...

कुपण्डोल स्थित प्रसूति गृहको नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

कुपण्डोल स्थित प्रसूति गृहको नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौँ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोल स्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ । नयाँ भवनमा यस अघि सुरक्षित गर्भपतन सेवा लगायत सेवा सञ्चालन भइरहेकोमा अस्पतालले स्त्रीरोगको बहिरङ्ग सेवा पनि सुरुवात गरेको हो ।

    images
    images

    नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष,ओपिडी, भिडियो–एक्सरे,प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ । साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ ।

    अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आइतबार देखि नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिए । उनले भने, “निःसन्तान तथा सुरक्षित गर्भपतन सेवा हामीले यसअघि सुरु गरिसकेका छौँ । हाललाई स्त्रीरोगको ओपिडी सेवा सुरु गरेका हौँ ।”

    images
    images

    अस्पतालले यो नयाँ सेवाबाहेक निःसन्तान उपचार लगायत गर्भपतन सेवा गत असार १६ गतेदेखि सञ्चालन गरेको थियो । डा अधिकारीका अनुसार थप स्रोत साधनको व्यवस्था भए अस्पतालले भविष्यमा थापाथलीबाट दिइरहेको स्त्रीरोगको सम्पूर्ण सेवा नयाँ भवनबाट दिइनेछ । उनले भने, “अहिले सेवा सुरुवात मात्र गरेका छौँ । बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लान्छौँ । उपकरणहरु थप्नुपर्नेछ । स्रोत साधन थप्नका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने अठोट गरेको छ । व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौँ ।”

    आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा अधिकारीको भनाइ छ । पाठेघर क्यान्सर, पिसाब चुहिने समस्या लगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा दिन थालिएपछि थापाथलीको मुख्य भवनमा सेवाग्राहीको चाप घट्ने र सेवा थप सहज हुने विश्वास गरिएको छ । 

    स्त्रीरोग उपचारका लागि सरकारी स्तरमा एक मात्र केन्द्रिय ‘रिफरल’ अस्पताल रहेकाले पनि प्रसूति गृहमा बिरामीको चाप धेरै हुन्छ । दैनिक ८ सय देखि हजार जना सम्म बिरामीले अस्पताल मार्फत सेवा लिने गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend