images

२०८३ आश्विन २२ गते

images
images
images

डिप्रेसन कसरी हुन्छ ? यस्ता छन् लक्षण र रोकथामका उपाय

डिप्रेसन कसरी हुन्छ ? यस्ता छन् लक्षण र रोकथामका उपाय

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो।

    images
    images

    यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त ?

    लक्षण

    images
    images

    –शक्तिहीन महसुस गर्नु ।

    –खान मन नलाग्नु ।

    –कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु ।

    _जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु ।

    _आफूबारे नकारात्मक मात्र सोच्नु ।

    _आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु ।

    –आत्महत्याबारे सोचिरहनु ।

    _कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु ।

    –नियमित रूपमा शरीर र टाउको दुख्नु ।

    उपचार

    डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू । डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

    रोकथामका उपाय

    – शारीरिक रुपमा सक्रिय रहने ।

    – रमाइला कामका लागि समय निकाल्ने ।

    – आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।

    – योग र ध्यान गर्ने ।

    – अत्यन्त महत्वाकांक्षी नहुने ।

    – सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।

    – धूमपान र मध्यपानको लतमा नपर्ने ।

    – उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend