images

२०८३ आश्विन २२ गते

images
images
images

दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं  । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । 

    images
    images

    उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो । पुरुषमा सबैभन्दा बढी एचआइभी पुष्टि भएको छ । पुरुषमा एक हजार ५२८ र महिलामा ८८१ जनामा र ६६ जना ट्रन्सजेन्डर एचआइभी पुष्टि भएको छ ।

    एचआइभी पुष्टि हुनेमा १४ वर्ष मुनीका ७७ र १५ वर्षमाथी दुई हजार ३९८ जना रहेका छन् । केन्द्रका अनुसार सुईबाट लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, तेस्रोलिङ्गी  एचआइभीको जोखिममा रहेका छन् ।

    images
    images

    सन् २०२० मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा तीन प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । यसैगरी, सन् २०१७/२०१८ मा भएका सर्वेक्षहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत  र पुरुष समलिङ्गीहरुमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरुमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको थियो । 

    सरकारले ६३ जिल्लाका ९२ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ ।विभिन्न केन्द्रमा २५ हजार ७२८ जना उपचाररत छन् । उपचाररत  सङ्क्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा छ हजार ७३५, लुम्बिनी प्रदेशमा चार हजार ८५२, मधेश प्रदेशमा  चार हजार ३३२,  सुदूरपश्चिममा  तीन हजार ७२३, कोशी प्रदेशमा दुई हजार ४०३, गण्डकी प्रदेशमा दुई हजार ९६८, कर्णली प्रदेशमा ७१५ जना छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend