images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • बाराको गढीमाई मेलामा मंसिर १८ गतेदेखि...

बाराको गढीमाई मेलामा मंसिर १८ गतेदेखि कृषि एक्स्पो हुने

बाराको गढीमाई मेलामा मंसिर १८ गतेदेखि कृषि एक्स्पो हुने

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । बाराको गढीमाईमा हुने मेलालाई ध्यानमा राखेर कनेक्ट किसानले यही मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ गर्ने भएको छ। ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

    images
    images

    मेलामा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरूको जमघट हुने मेला संयोजक सञ्चिता लामिछानेले जानकारी दिइन् । उनले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् ।

    आयोजकका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल रहनेछन्, जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन् ।एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ, जहाँ किसानहरूले विज्ञहरूसँग निःशुल्क परामर्श लिन र भलाकुसारी गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

    images
    images

    एक्स्पोको सफलताका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र र कृषि उद्यम केन्द्र लगायतका विभिन्न संघसंस्थाहरुले प्रवर्द्धक र साझेदारको भूमिका निर्वाह गर्नेछन् ।

    एक्स्पोमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, केरा खेती, थोपा सिंचाइ, विषादीरहित कृषि र कृषि नवीनतम औजारहरूको प्रदर्शनी गरिनेछ । मेलाबाट देशभरिका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य कृषकहरूले आधुनिक प्रविधिको जानकारी प्राप्त गर्ने विश्वास आयोजकको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend