images

२०८३ आश्विन २० गते

images
images
images

५० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र आजदेखि निष्कासन

५० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र आजदेखि निष्कासन

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं- सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आजदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र निष्कासन तथा बिक्री गर्न लागेको हो ।

    images
    images

    कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचत पत्र–२०८६ निष्कासन गर्न लागेको हो ।

    बचत पत्र आजदेखि पुस १४ सम्म खुला रहनेछ । कार्यालयले वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचत पत्र न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।

    images
    images

    बचत पत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैर आवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने छन् । बचत पत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् ।

    त्यस्तै, बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचत पत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend