images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ...

नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट पाउने

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमाखाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामालाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्थासमेत गरिएको छ ।

    सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे ।

    images
    images

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमाखाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend