images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंकको विद्युतीय शवदाह गृह...

ग्लोबल आइएमई बैंकको विद्युतीय शवदाह गृह निर्माणमा २० लाख सहयोग

ग्लोबल आइएमई बैंकको विद्युतीय शवदाह गृह निर्माणमा २० लाख सहयोग

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ ।

    images
    images

    बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।

    कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् ।

    images
    images

    साथै, बैंक प्रदेश प्रमुख सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन्  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend