images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • सिद्धार्थ बैंक र एनसीएचएल बीच अन्तरदेशीय...

सिद्धार्थ बैंक र एनसीएचएल बीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

सिद्धार्थ बैंक र एनसीएचएल बीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं- सिद्धार्थ बै‌ंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच २०८१ मंसिर ११ गते बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको QR मा Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ । 

    images
    images

    विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् । Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

    यो  सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउँनेछ ।

    images
    images

    यस प्रणाली बारेमा थप जानकारी चाहिएमा बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु फाेनः ०१–५९७००२०, ईमेलः customercare@sbl.com.np मार्फत सम्पर्क गर्न सकिनेछ । 
    यस सम्झौताले आगामी दिनहरुमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend