images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • पारस खड्का बने जस्मिन पेन्ट्सको ब्राण्ड...

पारस खड्का बने जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेसडर

पारस खड्का बने जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेसडर

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौँ- जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेसडरमा  पारस खड्का नियुक्त  भएका छन् ।

    images
    images

    बिगत ३१ वर्ष देखि निरन्तर नेपाली ग्राहकहरूको सेवामा समर्पित यस जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यस कम्पनी नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू बाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरी २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्‍याइरहेको  छ । स्वदेशी उत्पादनहरूलाई थप सशक्त र बजारीकरण गर्नका लागि व्यापार प्रवर्द्धन महत्त्वपूर्ण रहेको वर्तमान अवस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसखड्का लाई आफ्नो ब्राण्ड एमबेस्टरको रूपमा नियुक्त गरेको हो ।

    images
    images

    कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरू लाई समेत ब्राण्ड एम्बेसडर नियुक्ति गरिसकेको छ ।

    पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सहकार्यका लागि हातहरू अगाडी बढाएको हो । उनीसँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै जस्मिन पेन्ट्सको उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend