images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • महानगरको स्वास्थ्य कार्यक्रममा बीमादेखि निःशुल्क भिडियो...

महानगरको स्वास्थ्य कार्यक्रममा बीमादेखि निःशुल्क भिडियो एक्सरे

महानगरको स्वास्थ्य कार्यक्रममा बीमादेखि निःशुल्क भिडियो एक्सरे

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । सुरुवातमा वडा नम्बर १२, २६ र ३० बाट सेवा दिइने छ ।

    images
    images

    आइतबार र सोमबार वडा नम्बर १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नम्बर १२, मंगलबार र बुधबार १६, २६ र २७ का सेवाग्राहीका लागि २७ तथा बिहीबार र शुक्रबार १० र ३० का सेवाग्राहीका लागि वडा नम्बर ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भिडियो एक्सरे गरिने महानगरले जनाएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रम लागु भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।

    images
    images

    महानगरले वडा नम्बर ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, १४ बल्खु, १९ कंकेश्वरी, २६ लैनचौर, ३० ज्ञानेश्वर, १६ बालाजु, २७ महाबौद्ध, १२ टेकु र ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क बिन्दुका रूपमा तोकेको छ । यीमध्ये ५ बीमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदन प्रक्रियामा छन् ।

    नसर्ने रोग पहिचान गर्न जाँच

    स्वास्थ्य विभागले नसर्ने खालका रोग पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका हुन् ।

    स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार निदानात्मक स्वास्थ्य सेवा प्रवद्र्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आकलन गर्ने तथ्यांक तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरको योजना छ ।

    विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत गत वैशाखमा दृष्टि (आँखा तथा वातावरण), जेठमा मुख तथा नाक, कान, घाँटी, असारमा जेष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रूपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादकपदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैतमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।

    ७१ प्रतिशत मृत्युदर नसर्ने रोगले

    जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९÷८० को संघीय स्वास्थ्य विभाग प्रतिवेदनले ७१ प्रतिशत मृत्यृदरको कारण नसर्ने रोग देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य हुन् ।

    व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत ‘आउट अफ पकेट एक्स्पेन्डिचर’ (ओओपी) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ ।रोगले समस्या सिर्जना गरे उपचारमा जानुप¥यो भने सुरुमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक छ ।

    जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बीमा

    स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरका जनप्रतिनिधि र कर्मचारीको बीमा दर्ता गरिसक्ने योजना बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ ।मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउने महानगर स्वास्थ्य विभागले जनाएको छ । महानगरभित्र अहिले १ लाख परिवार दर्ता छन् । यसमा करिब ४ लाख व्यक्ति समेटिन्छन् । बीमा कार्यक्रम सुरु भएका वडामा बिरामीको चाप बढ्दै गएको छ ।महानगरले पुस २०८० मा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य बीमा बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गरेर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend