images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज...

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँः मंसिर ९ गते, आइतबार, नबिल बैंक लिमिटेड (NABIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ।

    images
    images

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    बैंकले मंसिर २७ गते बिहीबार बिहान १० बजे देखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ।

    images
    images

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्ने देखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पनि पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend