images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • भाटभटेनी र रिन्यु होल्डिङ्स बिच सौर्य...

भाटभटेनी र रिन्यु होल्डिङ्स बिच सौर्य विद्युत् उत्पादनको सम्झौता

भाटभटेनी र रिन्यु होल्डिङ्स बिच सौर्य विद्युत् उत्पादनको सम्झौता

images
images
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ। 

    images
    images

    यस समझौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जा सम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

    images
    images

    यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ। रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend