images

२०८३ आश्विन १८ गते

images
images
images

सिटिजन्स बैंक र होटल ली हिमालयबीच छुट सम्झौता

सिटिजन्स बैंक र होटल ली हिमालयबीच छुट सम्झौता

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाजिम्पाटस्थित होटल ली हिमालयसँग विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ।

    images
    images

    यस सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका छन्। यस सहकार्यले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ। 

    डिजिटल माध्यमबाट भुक्तानी गर्दा पाइने यस्ता सुविधाहरूले नगद कारोबारलाई कम गर्न मद्दत पुर्याउने अपेक्षा बैंकले गरेको छ। ग्राहकहरूको लागि बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न समय–समयमा यस्ता सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।

    images
    images

    सिटिजन्स बैंकले हाल ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend