images

२०८३ आश्विन १७ गते

images
images
images

आशा लघुवित्तको वार्षिक साधारणसभा आज

आशा लघुवित्तको वार्षिक साधारणसभा आज

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले आज मंसिर ७ गते आठौँ वार्षिक साधारणसभा गर्दैछ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिती तय गरेको हो । सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

    सभाले अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। संस्थाको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने जिम्मेवारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक २५ गते एक दिन बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend