images

२०८३ आश्विन १९ गते

images
images
images

बिपी राजमार्गः राति सात घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गः राति सात घण्टा यातायात सञ्चालनमा रोक

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काभ्रेपलाञ्चोक ।  बिपी राजमार्गमा बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी राजमार्गको प्रस्थान बिन्दु धुलिखेल देखि सिन्धुलीको बर्खेखोला सम्म राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने जनाएको हो । 

    images
    images

    राजमार्ग अन्तर्गत धुलिखेल देखि बर्खे खोला सम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोला सम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभए सम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो । 

    यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडा देखि सिन्धुलीको बर्खेखोला सम्मको सडकखण्डमा लगाइएको रोक समेत कायमै छ । सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । 

    images
    images

    सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो । असोज अन्तिम साता देखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend