images

२०८३ आश्विन २० गते

images
images
images

हवाई भाडा वृद्धि नियन्त्रणबारे पर्यटनमन्त्रीको निर्देशन

हवाई भाडा वृद्धि नियन्त्रणबारे पर्यटनमन्त्रीको निर्देशन

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टा भित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । 

    images
    images

    हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरूलाई उच्चमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ, राज्य र नागरिक प्रतिको दायित्वलाई बेवास्ता गरेर गैर जिम्मेवारीपन देखाइएको छ । नागरिक माथी प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापार जस्तो गर्नु भएको छ । यस विषयले म निकै दुखी भएको छु ।’

    यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकाय सँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे ।  हवाई भाडा वृद्धिबारे गुनासो बढे पछि परराष्ट्र, श्रम र पर्यटनमन्त्री बीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागकिर प्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह पनि गरेका छन् । 

    images
    images

    मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयर लाइन्सले समेत अचाक्ली हवाई भाडा लिएको प्रति सचेत पनि गराए । नागरिकहरूले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउदै २४ घण्टा भित्र बिक्री गरेको टिकटको मूल्य बिहिबार ४ बजे भित्र उपलब्ध गराउन निर्देशन दिए । 

    पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे । मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न पनि गरेका छन् । उनले भने, ‘आफूले गरेको निर्णय आफै लागू गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको । तपाईँहरूले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नु भयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आव्हान गर्न सकिन्छ ।’

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रण सम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।  छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend