images

२०८३ आश्विन १८ गते

images
images
images

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं - कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    images
    images

    जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

    यस कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबंधक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका उज्वल ढुंगाना सहितका प्रतिनिधिहरू उपस्थित थिए । यस सहकार्यले बैंकका ग्राहकहरूको सम्पत्ति सुरक्षा सुनिश्चित गर्ने र उनीहरूलाई बीमा सम्बन्धी जानकारी र सुविधा थप प्रदान गर्ने लक्ष्य राख्दछ ।

    images
    images

    कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सको यो सहकार्यले नेपालको वित्तीय क्षेत्र र बीमा क्षेत्रमा नयाँ अवधारणा कायम गर्ने विश्वास लिएको छ । यस समझदारी पत्रले ग्राहकहरूको विश्वास जित्न र उनीहरूको आवश्यकता अनुसार सेवाहरू प्रदान गर्न थप मद्धत पुर्‍याउनेछ।

    यस सम्झौताले ग्राहकहरूलाई सुलभ र सहज बीमा सेवा उपलब्ध गराउन, साथै ट्रस्ट माइक्रो इन्स्योरेन्सको सेवा दायरा पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend