images

२०८३ कार्तिक ४ गते

images
images
images

९ अंकले बढ्यो नेप्से परिसूचक

९ अंकले बढ्यो नेप्से परिसूचक

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ९.०९ अंकले बढेर दुई हजार ७११.७५ अंकमा बजार बन्द भयो ।

    images
    images

    बुधबार सेन्सेटिभ इन्डेक्स ०.३४, फ्लट इन्डेक्स ०.६१ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.१९ अंकले बढेको छ भने १३ मध्ये आठ उपसमूहको शेयर बढेको छ । बैंक, जीवन बीमा, उत्पादन र प्रशोधन, निर्जीवन बीमा र अन्यको शेयर भने घटेको छ ।

    आज कारोबारमा आएकामध्ये १४३ कम्पनीको शेयर बढेको छ भने ८९ कम्पनीको शेयर घटेकोमा ११ कम्पनीको शेयर स्थिर रहेको छ । 

    images
    images

    सामान्य अंकले बढेको शेयर बजारमा यसदिन सात वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको शेयरमा सर्किट लागेको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्सकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।

    विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाइरहँदा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend