images

२०८३ मंसिर १३ गते

images
images
images

कोशी सरकारको आम्दानी ९ अर्ब नजिक, विकास बजेट खर्च ५ प्रतिशत मात्रै

कोशी सरकारको आम्दानी ९ अर्ब नजिक, विकास बजेट खर्च ५ प्रतिशत मात्रै

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • विराटनगर । चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक (श्रावण–कार्तिक) अवधिमा कोशी प्रदेश सरकारको आम्दानी उत्साहजनक देखिए पनि खर्च गर्ने क्षमता भने कमजोर देखिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको विवरण अनुसार प्रदेशको सञ्चितकोषमा करिब ९ अर्ब रुपैयाँ आम्दानी हुँदा खर्च भने साढे ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारले राजस्व र अनुदान गरी जम्मा ८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ प्राप्त गरेको छ । तर, सोही अवधिमा सरकारको कुल खर्च ४ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्र रहेको छ ।

    images
    images

    चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ४४ करोड ९८ लाखको बजेट विनियोजन गरेको छ । चार महिनामा कुल आय अनुमानको २२.० प्रतिशत (राजस्व र अनुदान लक्ष्यको २५.३ प्रतिशत) संकलन गरिसकेको छ । तर, कुल विनियोजनको तुलनामा चालू र पूँजीगत खर्च भने जम्मा ११.१० प्रतिशत मात्र भएको छ । आम्दानीको गति राम्रो हुँदाहुँदै पनि खर्च हुन नसक्नुले प्रदेशको बजेट कार्यान्वयन र विकास आयोजना सञ्चालनमा रहेको सुस्ततालाई प्रस्ट पारेको छ ।

    आन्तरिक राजस्वमा ८५ प्रतिशतको वृद्धि
    आम्दानीतर्फ कोशी प्रदेशको आन्तरिक राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ को कार्तिकसम्म ७२ करोड ७४ लाख आन्तरिक राजस्व संकलन भएकोमा चालु वर्षको सोही अवधिमा ८५ प्रतिशतले वृद्धि भई १ अर्ब ३४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

    images
    images

    koshi kharcha aamdani bare Report

     

    जसमा सवारी साधन करबाट ४३ करोड ७ लाख रुपैयाँ (७९ प्रशित वृद्धि) र चालक अनुमतिपत्र तथा यातायात क्षेत्रको आम्दानीबाट ३४ करोड १९ लाख रुपैयाँ (१४७ प्रतिशत वृद्धि) संकलन भएको छ । घरजग्गा रजिष्ट्रेशन शुल्क ६४ प्रतिशतले बढेर ३७ करोड ३६ लाख पुगेको छ भने विविध शुल्क १०३ प्रतिशतले बढेर १४ करोड १८ लाख पुगेको छ ।स्थानीय तहबाट प्राप्त हुने राजस्वमा भने ७६ प्रतिशतले गिरावट आई जम्मा १७ लाख रुपैयाँ (वार्षिक लक्ष्यको ०.३ प्रतिशत) मात्र संकलन भएको छ । त्यसैगरी, संघीय राजस्व बाँडफाँटतर्फ गत वर्षभन्दा १५ प्रतिशतले कमी आई २ अर्ब ९७ करोड २ लाख रुपैयाँ प्राप्त भएको छ ।

    संघीय अनुदानतर्फ गत वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५९ करोड २४ लाख रुपैयाँ प्राप्त भएको छ । यसमा समानीकरण अनुदान २ अर्ब २७ करोड ९७ लाख, सशर्त अनुदान १ अर्ब ८५ करोड २४ लाख, समपूरक अनुदान  २७ करोड ८६ लाख र विशेष अनुदान १८ करोड १८ लाख रुपैयाँ रहेको छ ।

    विकास खर्च ५.१४ प्रतिशत मात्र
    प्रदेश सरकारको चालु खर्च र स्थानीय तह अनुदानको तुलनामा पुँजीगत (विकास) खर्च अत्यन्तै कमजोर देखिएको छ । कार्तिक मसान्तसम्म कुल ४ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ खर्च हुँदा चालु खर्चतर्फ भने २ अर्ब १४ करोड ७३ लाख रुपैयाँ र स्थानीय तह अनुदानतर्फ १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । तर, विकास निर्माणका लागि छुट्याइएको २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पूँजीगत बजेटमध्ये जम्मा १ अर्ब ६ करोड ६८ लाख रुपैयाँ (५.१४ प्रतिशत) मात्र खर्च हुन सकेको छ ।मासिक खर्चको प्रवृत्ति हेर्दा कुल खर्चको ६८ प्रतिशत हिस्सा असोज महिनामा मात्र भएको छ । असोजमा ३ अर्ब ६ करोड ५७ लाख खर्च हुँदा भदौमा ८६ करोड १० लाख, कार्तिकमा ५४ करोड ८३ लाख र सबैभन्दा कम श्रावण महिनामा १ करोड ३९ लाख रुपैयाँ मात्र खर्च भएको थियो ।पछिल्लो तीन वर्षको कार्तिक मसान्तसम्मको खर्च तुलना गर्दा गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा चालु वर्षको खर्चमा केही सुधार देखिए पनि आर्थिक वर्ष २०८१/८२ को तुलनामा भने खर्चको गति अझै पछाडि नै रहेको छ । गत वर्षको खर्च जेनजी आन्दोलनका कारण प्रभावित भएको थियो । चालू आर्थिक वर्षमा खर्च कम हुनुमा सरकारका मन्त्रीहरुको फेरबदल, बजेट संशोसंशोधनको कसरत र बजेट कार्यान्वयनमा उदासिनता नै प्रमुख कारण रहेको देखिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend