काठमाडौं । नबिल बैंक र धुलिखेल अस्पतालबीचको सहकार्यमा धुलिखेल अस्पतालमा १० शय्याको अत्याधुनिक बर्न केयर युनिट सञ्चालनमा आएको छ।
अस्पतालमा आईसीयू (ICU) सुविधासहितको जलन उपचार कक्ष स्थापना गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो।
नयाँ बर्न केयर युनिट सञ्चालनमा आएसँगै जलनमा परेका बिरामीले विशेष उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यस पहलले जलनका बिरामीको उपचारमा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नबिल बैंक र धुलिखेल अस्पतालको सहकार्यमा सुरु गरिएको यो पहल स्वास्थ्य सेवा विस्तार तथा सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कदमका रूपमा रहेको छ।




.gif)





.gif)
