images

२०८३ मंसिर १२ गते

images
images
images
  • स्वास्थ्य
  • जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष सावधानी...

जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष सावधानी अपनाउन विज्ञको सुझाव

जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष सावधानी अपनाउन विज्ञको सुझाव

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । जाडो मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने भएकाले विशेष हेरचाह र सुरक्षामा ध्यान दिन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वस्थ बुढ्यौलीका लागि ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य तथा सुरक्षित वातावरणलाई प्राथमिकता दिएको छ ।ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटीका अनुसार उमेर बढ्दै जाँदा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता र रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने भएकाले चिसो मौसममा सङ्क्रमण तथा अन्य स्वास्थ्य समस्या देखिने जोखिम बढी हुन्छ ।

    images
    images

    उनका अनुसार ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउने, सुत्ने कोठा न्यानो राख्ने तथा हिटर प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । साथै पोषणयुक्त तथा प्रोटिनयुक्त खाना, मौसमी फलफूल, सागसब्जी र पर्याप्त झोलिलो पदार्थ सेवनमा ध्यान दिनुपर्छ ।“जाडोमा छातीको सङ्क्रमण तथा निमोनियाको जोखिम बढ्ने भएकाले भिडभाड, धुवाँधुलोबाट टाढा रहने, नियमित हात धुने तथा चिकित्सकको सल्लाहअनुसार फ्लू र निमोनियाविरुद्धको खोप लगाउनुपर्छ,” डा. बोगटीले भने ।त्यस्तै, नियमित हिँडडुल तथा हल्का व्यायाम गर्नुपर्छ । अत्यधिक चिसो र शीतलहर चलेका बेला बिहान बाहिर निस्कनबाट जोगिनुका साथै सुरक्षित स्थानमा बसेर घाम ताप्न सकिन्छ । लड्ने जोखिम कम गर्न नचिप्लिने जुत्ता प्रयोग गर्ने र आवश्यकताअनुसार लौरोको सहारा लिनुपर्छ ।

    डा. बोगटीले भने, “उच्च रक्तचाप, मधुमेह, दम तथा जोर्नीसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ । चिसोका कारण छाला सुक्खा हुने तथा चिलाउने समस्या देखिन सक्ने भएकाले मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।”जाडोमा शरीरको तापक्रम अत्यधिक घट्दा हाइपोथर्मिया हुन सक्छ । शरीर काँप्ने, अत्यधिक थकान हुने, अलमलिने, बोली अस्पष्ट हुने तथा असामान्य निद्रा लाग्ने यसका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल न्यानो स्थानमा लैजानुका साथै आपत्कालीन स्वास्थ्य सेवा लिनुपर्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा होसमा परिवर्तन आउने अवस्था देखिएमा पनि तुरुन्त अस्पताल लैजानुपर्छ ।. बोगटीका अनुसार ज्येष्ठ नागरिकलाई चिसोबाट सुरक्षित राख्न न्यानो वातावरण, पोषणयुक्त खानपान, आवश्यक खोप, नियमित शारीरिक गतिविधि र पारिवारिक सहयोग महत्त्वपूर्ण हुन्छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend