images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र...

विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच अनुदान सम्झौता

विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच अनुदान सम्झौता

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौँ – नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ।

    images
    images

    मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रत्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको तर्फबाट राजदूतावासबीच सम्झौता भएको हो।

    सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

    images
    images

    जर्मनी सरकारले नेपाललाई अनुदान सहायतास्वरूप १० मिलियन युरो अर्थात १ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ।

    उक्त अनुदान रकम भरतपुर (बागमती प्रदेश), बुटवल—भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश)लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुनेछ।

    कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ। उक्त परियोजना जर्मनीको विकास बैंकमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनको लागि रेड बुकमा प्रतिविम्वित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौता उल्लेख छ। कार्यक्रम सन् २०२५ बाट सुरु हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend