काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यद्यपि, बिक्री संख्या र मूल्य भने खुलाइको छैन ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकेको छ । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।




.gif)





