images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप,कार्तिकमा मात्रै ३७...

पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप,कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी संकलन

पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप,कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी संकलन

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • ताप्लेजुङ — पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।

    images
    images

    पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए । पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ ।

    समितिले सरसफाई अभियानमा सहभागीलाई धन्यवाद दिएको छ । शनिबार काफ्लेपाटीदेखि मन्दिररसम्म बृहत सरसफाई अभियान सञ्चालन गरेको थियो । सहभागी तीनैवटा सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलाई धन्यवाद दिएको हो । समितिले ८ सय २५ केजी प्लाष्टिकजन्य वस्तु, २५ केजी सिसाका बोतल, ६५ केजी टिन र काठका टुक्रा तथा ६५ केजी फलामका टुक्रा संकलन गरेर व्यवस्थापन गरेको पनि जनाएको छ । प्लाष्टिकजन्य वस्तुहरुलाई जलाएर नष्ट गरिएको र नकुहिने तथा नसड्ने वस्तुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend