images

२०८३ कार्तिक १५ गते

images
images
images
  • पूर्वाधार
  • आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्ग...

आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्ग भोलि तीन घण्टा बन्द हुने

आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्ग भोलि तीन घण्टा बन्द हुने

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मौवाटार क्षेत्रमा भोलि सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पृथ्वी राजमार्गमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जनाएको छ।

    नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) मुग्लिन, चितवनको सूचना अनुसार मौवाटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो।

    images
    images

    उक्त अवधिमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    प्रशासनले सवारी चालक तथा सडक प्रयोगकर्तालाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ। साथै, सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ।

    जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासनिक अधिकृत सन्देश मास्केद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको हो।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend