images

२०८३ कार्तिक १५ गते

images
images
images

बेनी–दरवाङ सडक सञ्चालन

बेनी–दरवाङ सडक सञ्चालन

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • म्याग्दी, १५ कात्तिक । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।  

    images
    images

    बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो । 

    पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालन हुन थालेका हुन् । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्काललाई मर्मत गरे पनि निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन अवरुद्ध हुने जोखिम रहेको बताए । 

    images
    images

    बेनी–दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघि देखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । पछिल्लो पटक यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend