images

२०८३ कार्तिक १५ गते

images
images
images

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२।८३ को सोही अवधिमा कमाएको १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँको तुलनामा २४.४९ प्रतिशतले बढी हो।

    images
    images

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफासँगै सञ्चालन मुनाफा र प्रतिसेयर आम्दानीमा समेत सुधार भएको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४६ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

    images
    images

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३५.८८ प्रतिशतले बढेर ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ थियो।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १७.७५ प्रतिशत रहेको छ।

    निक्षेप ६ खर्ब ९० अर्ब, कर्जा लगानी ४ खर्ब ७१ अर्ब

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङमा २ अर्ब ७ करोड २ लाख रुपैयाँ र जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ।

    ईपीएस २३ रुपैयाँ ३५ पैसा

    बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ। त्यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १०.८८ गुणा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

    समग्रमा ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा खुद नाफा र सञ्चालन मुनाफा दुवैमा उल्लेख्य वृद्धि गरेको छ। निक्षेप तथा कर्जा विस्तारसँगै वितरणयोग्य मुनाफामा भएको सुधारले बैंकको वित्तीय कार्यसम्पादन सकारात्मक देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend