काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) र प्रतिसेयर वितरणयोग्य नाफामा समेत सुधार आएको छ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी .प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यस्तै, वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ ६४ पैसा पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले वृद्धि भई ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको कर्जा वृद्धिदर समग्र बैंकिङ क्षेत्रको औसत वृद्धिदरभन्दा माथि रहेको वित्तीय विवरणमा उल्लेख छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ।
बैंकको खराब कर्जा अनुपातमा पनि सामान्य सुधार देखिएको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको हो।
खुद नाफा, सञ्चालन नाफा तथा प्रतिसेयर आम्दानीमा भएको वृद्धिसँगै कर्जा र निक्षेप विस्तारले बैंकको व्यवसाय विस्तारलाई थप बल पुगेको देखिन्छ। खराब कर्जा अनुपातमा आएको सामान्य कमीले समेत बैंकको कर्जा गुणस्तरमा सुधारको संकेत गरेको छ।




.gif)





