images

२०८३ कार्तिक १५ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकको नाफामा ४३ प्रतिशतको...

मुक्तिनाथ विकास बैंकको नाफामा ४३ प्रतिशतको छलाङ,

मुक्तिनाथ विकास बैंकको नाफामा ४३ प्रतिशतको छलाङ,

पहिलो त्रैमासमै कमायो ३२ करोड २४ लाख

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो।

    images
    images

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद कर्जा विस्तार, आम्दानी वृद्धि तथा खर्च व्यवस्थापनमा सुधार गर्दै नाफा बढाउन सफल भएको हो।

    समीक्षा अवधिमा बैंकको ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतको वृद्धि हो।

    images
    images

    यसैगरी, बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसनबापतको आम्दानी पनि २२ करोड रुपैयाँभन्दा बढी रहेको छ।

    बैंकले सञ्चालन खर्च नियन्त्रण र कर्जा नोक्सानी व्यवस्थापनमा सुधार गरेसँगै सञ्चालन मुनाफामा समेत वृद्धि भएको जनाएको छ।

    समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने निक्षेपमा २.२० प्रतिशतको वृद्धि भएको छ।

    कर्जा विस्तार, ब्याज तथा गैरब्याज आम्दानीमा सुधार र प्रभावकारी खर्च व्यवस्थापनले बैंकको वित्तीय अवस्था थप मजबुत बनेको बैंकको भनाइ छ। बैंकले आगामी दिनमा पनि दीर्घकालीन दिगोपन, जोखिम व्यवस्थापन र ग्राहक सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend