images

२०८३ कार्तिक १४ गते

images
images
images
  • बैंक वित्त
  • डिबानको अध्यक्षमा कामना सेवा विकास बैंकका...

डिबानको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली निर्विरोध निर्वाचित

डिबानको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली निर्विरोध निर्वाचित

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images

    कार्तिक १३ गते सम्पन्न एशोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीलाई आगामी दुई वर्षका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थकालीलाई साधारण सभाले औपचारिक रूपमा अध्यक्ष चयन गरेको हो ।

    साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन् ।

    images
    images

    त्यसैगरी सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध निर्वाचित भएका छन् ।

    अध्यक्षमा निर्वाचित भएपछि थकालीले विकास बैंकहरूको संस्थागत हित संरक्षण तथा बैंकिङ क्षेत्रका समसामयिक मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सुशासन सुदृढीकरण, जोखिम व्यवस्थापन, प्रविधिको प्रभावकारी प्रयोग, मानव संसाधनको क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन् ।

    चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकरसमेत रहेका थकालीले वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । उनले कर्जाको गुणस्तर सुधार र कर्जा असुलीलाई प्रभावकारी बनाउने विषयलाई समेत महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारेका छन् ।

    सदस्य बैंकहरूबीच ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासको आदानप्रदान विस्तार गर्दै नियामक निकाय र अन्य सरोकारवालासँग समन्वय तथा सहकार्य बढाउने योजना पनि उनले अघि सारेका छन् ।

    यसैबीच, साधारण सभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

    नयाँ नेतृत्व चयनसँगै विकास बैंकहरूको साझा सरोकार, नीतिगत विषय तथा क्षेत्रगत चुनौती सम्बोधनमा डिबानको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend