images

२०८३ कार्तिक १४ गते

images
images
images

त्रिविविमा जनशक्ति विकास कार्यक्रम

त्रिविविमा जनशक्ति विकास कार्यक्रम

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौँ, १४ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । 

    images
    images

    उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ ।

    त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो ।

    images
    images

    विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा अञ्जना सिंहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि स्वीकृत गरेको त्रिविविले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend