images

२०८३ कार्तिक १४ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी...

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता अजयको माग

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता अजयको माग

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । जेनजी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोडारीले यस्तो माग गरेका हुन्।

    images
    images

    अर्थमन्त्री वाग्लेले अक्टोबर २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘NDTV World Summit 2026’ मा ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको सोडारीको आरोप छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएका विषयमा सरकारका जिम्मेवार पदाधिकारीले संवेदनशील अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

    images
    images

    सोडारीले नेपाल–भारतबीच विगतमा भएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, अतिक्रमित भूमि फिर्ता, पारवहन सहजता, व्यापार घाटा, नदी तथा जलस्रोतमा हस्तक्षेप र सीमावर्ती डुबानलगायतका विषयमा नेपालको आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको विषय भएको उल्लेख गरेका छन्।

    उनले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग मात्र जोडेर व्याख्या गर्नु गलत भएको भन्दै दुई देशबीच सम्मान, पारस्परिकता र आत्मीयतामा आधारित सम्बन्ध आवश्यक रहेको बताएका छन्।

    ‘राष्ट्रिय हित र सार्वभौमसत्ता नै धरापमा पारेर आत्मसमर्पण गर्न सकिँदैन,’ सोडारीले पत्रमा उल्लेख गरेका छन्।

    बहालवाला सरकारी पदाधिकारीबाट पटक–पटक देशको हितविपरीत अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको दाबी छ। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न अर्थमन्त्री वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न उनले सरकारसँग माग गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend