images

२०८३ कार्तिक १४ गते

images
images
images

जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

जडीबुटी बेचेर चार करोड राजस्व सङ्कलन

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • कर्णाली, १३ कात्तिक । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व सङ्कलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी रु ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व सङ्कलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए। 

    यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व सङ्कलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ । यार्सागुम्बा ९जीवनबुटी०बाट रु ७५ लाख ४४ हजार ३७१ राजस्व सङ्कलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए ।

    images
    images

    उनका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको  ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट रु २३ लाख ८१ हजार ६८० राजस्व सङ्कलन भएको छ । प्रतिकेजी रु २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व सङ्कलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो । 

    प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट रु १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट रु नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताए।    

    उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend