images

२०८३ कार्तिक १४ गते

images
images
images
  • समाचार
  • २४ घण्टामा ८१५ सवारीसाधनमाथि ट्राफिक प्रहरीको...

२४ घण्टामा ८१५ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

२४ घण्टामा ८१५ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं, कात्तिक १३ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार विभिन्न कसुरमा सवारीचालकहरू कारबाहीमा परेका छन्।

    images
    images

    प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २० जना, सीसीटीभीमार्फत पहिचान भएका ४५ जना र ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जनामाथि कारबाही गरिएको छ।

    त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११० जना, अनावश्यक हर्न बजाउने एक जना, लेन अनुशासन उल्लङ्घन गर्ने तीन जना तथा सवारीको अवस्था ठीक नराख्ने ३६ जनालाई कारबाही गरिएको छ। एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने एक जनामाथि पनि कारबाही भएको छ।

    images
    images

    यसैगरी, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका कसुरमा ५४४ वटा सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नियमित जाँच र निगरानीलाई निरन्तरता दिँदै आएको छ।

    ट्राफिक प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, निर्धारित गतिमा सवारी चलाउन, ट्राफिक संकेतको पालना गर्न तथा लेन अनुशासन कायम राख्न आग्रह गरेको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend