images

२०८३ कार्तिक १३ गते

images
images
images
  • अन्य
  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    images
    images

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका छन्।

    सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।

    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा निर्वाचन प्रक्रिया सञ्चालन भएको थियो। उक्त निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै पार्टीको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend