images

२०८३ कार्तिक १३ गते

images
images
images

गोरखा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले कात्तिक १८ गते,

गोरखा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले कात्तिक १८ गते,

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • गोरखा, १२ कात्तिक । गोरखा सिङ्गिङ आइडल सिजन–१ को ग्राण्ड फिनाले आगामी कात्तिक १८ गते हुने भएको छ। दारी ग्याङ गोरखाको आयोजनामा हुने फिनाले गोरखा सदरमुकामस्थित गोरखकाली फिल्म हलमा आयोजना गरिनेछ।

    images
    images

    आइडलको पहिलो सिजनको उपाधिका लागि पाँच जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन्। उपाधिका लागि रक्तिम थापा मगर (गोरखा), सौगात गुरुङ (घ्याम्पेसाल), एलिसा पुलामी मगर (आरुघाट), प्रकाश सुनार (आरुघाट) र युसुफ अनसारी (गोरखा) बीच प्रतिस्पर्धा हुनेछ।

    प्रतियोगिताको निर्णायक मण्डलमा राजु थापा, जिदान गुरुङ र समिर श्रेष्ठ रहेका छन्। गत साउन ३१ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्देश्य जिल्लाभित्र रहेका गायन प्रतिभालाई पहिचान गरी उनीहरूको सांगीतिक क्षमतालाई प्रोत्साहन गर्नु रहेको कार्यक्रम संयोजक समिर श्रेष्ठले जानकारी दिए।

    images
    images

    श्रेष्ठका अनुसार पहिलो सिजन भएकाले प्रतियोगितालाई दर्शक र निर्णायक दुवैले विशेष तथा प्रतिस्पर्धात्मक रूपमा लिएका छन्। कात्तिक १८ गते हुने ग्राण्ड फिनालेमा प्राप्त भोटका आधारमा विजेता छनोट गरिनेछ।

    प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, फर्स्ट रनरअपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछन्। तेस्रो र चौथो रनरअपलाई गिफ्ट ह्याम्पर, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    कार्यक्रम संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी टप २० का सबै प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिनेछ।

    प्रतियोगिता सम्पन्न गर्न सात लाख ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट खर्च कटाएर बचत भएको रकम गोरखामा बढ्दै गएको दुर्व्यसन नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उपयोग गरिने आयोजकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend