images

२०८३ कार्तिक १४ गते

images
images
images
  • समाचार
  • राहुल यादव उदाएपछि काठमाडौं गोर्खाज ११५...

राहुल यादव उदाएपछि काठमाडौं गोर्खाज ११५ रनमै अलआउट

राहुल यादव उदाएपछि काठमाडौं गोर्खाज ११५ रनमै अलआउट

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौं । युवा तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    images
    images

    बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो।

    ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षीय राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। उनले काठमाडौंका प्रमुख ब्याटर साम हेइजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गर्दै टोलीको ब्याटिङ धराशायी बनाए।

    images
    images

    भीम सार्कीले बनाए सर्वाधिक ३३ रन

    काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। भीमलाई ललित राजवंशीले स्टम्पिङ आउट गराएका थिए।

    त्यस्तै, रसिद खानले १७, ओपनर स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

    ओपनर साम हेइजलेट एक रनमा आउट भए भने हरिशंकर शाहले नौ र कप्तान करण केसीले आठ रन बनाए। मोहम्मद आदिल आलम खाता नखोल्दै आउट भए। पाकिस्तानका अलराउन्डर जहानदाद खानले पाँच रन बनाए।

    बंगलादेशका रिपोन मोन्डोलले नौ रन बनाए भने शाहब आलम चार रनमा अविजित रहे।

    राहुलको उत्कृष्ट लय

    जनकपुरका लागि राहुलले चार विकेट लिँदा सैफ हसनले दुई विकेट लिए। माइन अली र ललित राजवंशीले समान एक विकेट हात पारे।

    राहुलले यसअघि कर्णाली याक्सविरुद्धको खेलमा दुई विकेट लिएका थिए। यससँगै उनले दुई खेलमा कुल छ विकेट लिइसकेका छन्।

    जनकपुर पहिलो जितको खोजीमा

    एनपीएलमा काठमाडौं गोर्खाजले आफ्नो पहिलो खेल खेलेको हो। कप्तान करण केसीको नेतृत्वमा मैदान उत्रिएको काठमाडौंले चार विदेशी खेलाडीलाई टोलीमा समावेश गरेको छ।

    यता, जनकपुर बोल्ट्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

    यस खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ भने हर्मित सिंह र माइन अलीलाई निरन्तरता दिएको छ। साथै, बंगलादेशका सैफ हसन र श्रीलंकाका कुशल परेरालाई टोलीमा समावेश गरेको छ।काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर मैदानमा उत्रिनेछ।तस्विरःनयाँपत्रिका

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend